Emblem Of Nepal

Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Animal Services

Central Fisheries Promotion and Conservation Center

Fish Pure Breed Conservation and Promotion Resource Center

Bhairahawa, Rupandehi

Nepali Flag

प्राकृतिक तथा कृत्रिम जलाशयहरुमा नियन्त्रित अवस्थामा माछा पालन गरि उत्पादन गर्ने तरिकालाई माछा पालन भनिन्छ । नेपालमा माछा पालन दशकौं पहिले देखि गरिएता पनि व्यवसायिक रुपमा भने केहि वर्ष अगाडि देखि मात्र गर्न थालिएको हो । नेपालमा आधनुिक तरिकाले मत्स्य पालनको सुरुवात करिव २००४ साल वाट भएको मानिन्छ । तर यहांका नदीनाला र ताल तलैयामा माछा समात्ने र मत्स्य विनोद गर्ने कार्य भने आदिमकाल देखि नै प्रचलित रहेको कुरा विभिन्न उत्खननहरुमा पढ्न पाईन्छ।२००७ साल भन्दा पहिला तत्कालिन श्री ५ रण बहादरु शाहको शासन कालमा बालाजमुा २२ धारा बनाई माथिल्लो भागमा एउटा पोखरी निर्माण गरी शहर, कत्ले जस्ता स्थानिय माछाको पालन शरु गरीएको थियो।२००३ सालमा कृषि परिषद मार्फत मत्स्य शाखाको स्थापना गर्नुका साथै बालाजु र त्रिपुरेश्वर स्थित सानो टंुडीखेलका स-साना पोखरीहरु मत्स्य पालनको लागी छुट्टयाईएको थियो । सँघिय कार्यालयको रुपमा रहेको यो केन्द्र रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा देखि उत्तर सिद्धार्थ राजमार्गको भैरहवा-बटवल सडक खण्डको भैरहवा देखि ५ कि.मी. उत्तर ओमसतिया गाउंपालिकाको वडा न. १ ठुटीपिपलमा बाटोको पुर्ब र पश्चिम तर्फ गरी २३ हे. क्षेत्रफलमा फैलिएको छ । मत्स्य विकास कार्यलाई गति दिने उद्देश्यले २००४ सालमा भारतको मोतिहारीवाट ईन्डियन मेजर कार्पका ५०० गोटा जिउंदो माछाका भराुहरु आयात गरी काठमाण्डौको सानो टंुडिखेलको पोखरीमा छोडी आधनुिक मत्स्य पालनको सुरुवात गरीएको थियो।२०१३ सालमा भारतको उटीवाट पुरै जीउ कत्लाले ढाकेको जर्मनकार्प जातको कमन कार्पको भुरा ६०० गोटा काठमाण्डौमा ल्याई बालाजको सानो पोखरीमा पाल्ने काम भएको थियो भने आ.व. २०१६/०१७ सालमा ईजरायली जातको कमन कार्प ईजरायल वाट मत्स्य विकास केन्द्र गोदावरी र परवानीपरुमा ल्याई अध्ययन गर्दा दवुै कार्प जातको राम्रो वृद्बि तथा सफल प्रजनन भएको थियो। जलीय जीवहरुको संरक्षण गर्ने उद्देश्का साथ २०१७ सालमा जलचर संरक्षण ऐन तर्जुमा गरीएको थियो। प्रति इकाई क्षेत्रफल जलाशयवाट उत्पादनमा वृद्धि ल्याउन २०२३ सालमा भारतवाट ग्रास कार्प र २०२५ सालमा जापानवाट सिल्भरकार्प जातका माछाहरु आयात गरिएको थियो ।