शाखागत कार्य विवरण:
१. केन्द्र प्रमुख (वरिष्ठ मत्स्य विकास अधिकृत
• कार्यालय प्रमखु को हैसियतले सम्पुर्ण प्रशासकिय र प्राविधिक कार्यहरुको संचालन अनगमु न गर्ने।
• वार्षिक कार्यक्रम तयार गर्ने/गराउने/पेश गर्ने र स्वीकृत कार्यक्रमहरु संचालन गर्ने ।
• विभिन्न निकाय संग समन्वय गरी गुणस्तरिय सेवा प्रदान गर्ने ।
• केन्द्रको सम्पुर्ण फाँट शाखाहरुको कार्यक्रमहरु संचालन गर्नलाई आवश्यक सहयोग र समन्वय गर्ने।
• समय समयमा थप गरिएका कार्यक्रम/जिम्मेवारीहरु पुरा गर्ने।
• राजश्व/वेरुजु/जिन्सीहरुको कार्य व्यवस्थित गर्न लगाउने।
२. प्राबिधिक फाँट
यस केन्द्रको कार्यक्रम सँ चालनको लागी दुई वटा प्राविधिक फाँट रहेका छन्।प्रत्येक प्राविधिक फाँटमा मत्स्य समुहको एक-एक जना अधिकृत (रा.प.तृ.प्रा.) र प्रविधिक सहायक (रा.प.अनं.प्र.प्रा.) स्तरको कर्मचारीको दरवन्दी रहेको छ।प्राविधिक फाँटका कार्य विवरणहरु यस प्रकार छ।
क. माउ तथा मत्स्य विज व्यवस्थापन शाखाः
• आफ्नो कार्यक्षेत्रलाई आवश्यक पर्ने मत्स्य विजको अनमुान गरी निजी स्तरबाट आपुर्ति भईरहेको मत्स्य विजको तथ्याङ्कलाई विश्लेषण गरी मत्स्य विजको आवश्यकता पहिचान गर्ने।
• आवश्यक मत्स्य विजलाई चाहिने माउ र पोखरी तथा नर्सरी पोखरीको व्यवस्थापनको लागी चाहिने आवश्यक उत्पादन तथा अन्य सामाग्री सहित कार्यक्रम प्रस्ताव गर्ने।
• उपलव्ध श्रोत साधन बजेट र स्वीकृत कार्यक्रम अनसुार स्वस्थ र गुणस्तररिय मत्स्य विज उत्पादन गर्ने र कार्य क्षेत्र र माँग अनसुार सुलभ विक्री वितरण गर्ने।
• नियमित रुपमा माउ व्यवस्थापन गर्ने।
• मत्स्य प्रजनन/सम्पूर्ण कार्यको व्यवस्थित अभिलेख राख्ने र प्रगति प्रतिवेदनको लागी उपलव्ध गराउने।
• केन्द्रका अन्य फाँट संग समन्वय गरी तोकिएको जिम्मेवारी पुरा गर्ने।
ख. योजना/अनुगमन तथा मत्स्य शुद्ध नश्ल शाखाः
• वार्षिक कार्यक्रम तयार गर्ने/पेश गर्ने र स्वीकृत कार्यक्रम सम्बन्धित शाखाहरुलाई बाडफाड गर्ने र संचालन गर्ने।
• प्रत्येक फाँट संग समन्वय गरी माथिल्लो निकायको निर्देशन अनसुार बार्षिक/ चौमासिक/मासिक कार्यक्रम तर्जुमा गर्ने।
• मत्स्य शुद्ध नश्ल माउ ब्यवस्थापन, प्रजनन, मत्स्य बिज उत्पादन बितरण, फ्युचर ब्रुड ट्यागिङ र बितरण गर्ने ।
• सम्पुर्ण शाखाहरुको प्रगति संकलन गरी तोकिएको र माँग भए अनसुार सम्बन्धित निकायमा पठाउने।
• कार्यक्षेत्र भित्रका मत्स्य उत्पादनमा संलग्न सरकारी निकाय/ निजी स्तर र उपभोक्ताहरु संग छलफल गरी र समन्वयमा मत्स्यपालन तालिम लगायत अन्य प्राविधिक कृयाकलापहरु संचालन गर्ने।
• केन्द्रबाट प्रकाशन हनुे पुस्तिका तथा अन्य प्रकाशनहरु सबै शाखाहरु संग समन्वय गरी प्रकाशन गर्ने।
• नियमित बैठक संचालन गर्ने।
• यस केन्द्र द्बारा तोकिएको कार्यक्रमहरुको समुहमा वा व्यक्तिगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने।
• प्रयोगशाला सेवा।
• प्राबिधिक सेवा।
ग. लेखा शाखाः
• केन्द्रका सम्पुर्ण फाँट संग समन्वय गरी चालु र पूंजिगत खर्चको अनमुान गरी कार्यक्रम तर्जुमाको लागी तयार गर्ने।
• दैनिक कार्य संचालनको लागी चाहिने आर्थिक कारोबार गर्ने र सो को विवरण अध्यावधिक राख्ने ।
• पुजिँगत कार्यक्रम संचालन गर्ने ।
• बेरुजु फछर्यौट सम्बन्धी कार्यहरु गर्ने ।
• लेखा परिक्षण सम्बन्धी कार्यहरु गर्ने ।
• राजश्व सम्बन्धी कार्यहरु अध्यावधिक राख्ने ।
• लेखा फाँट संग सम्बन्धित थप भएका कार्यहरु गर्ने ।
• कर्मचारीको विवरणहरु अध्यावधिक राख्ने ।
• केन्द्रको भौतिक सुरक्षा सम्बन्धी कार्य गर्ने।
• जिन्सी फाँटले जिन्सी रजिष्टरहरु व्यवस्थित राख्ने ।
• कार्यालयलाई चाहिने सामाग्रीहरुको खरिद प्रचलित ऐन नियम अनसुार गर्ने।
• दैनिक कार्य संचालनको लागि चाहिने सामाग्रीहरु सबै फाँटलाई उपलव्ध गराउने।
• यस केन्द्रमा रहेका सम्पुर्ण चल अचल सम्पत्तिहरुको रेकर्ड राख्ने र व्यवस्थित रुपमा सदुपयोग गर्ने।
• समय समयमा माग भएको विवरण/थप जिम्मेवारी पुरा गर्ने।
• यस केन्द्रका सम्पुर्ण फाँट/शाखा र कर्मचारीहरुले समन्वयात्मक रुपमा दैनिक कार्य संचालन गर्ने र समय समयमा थप भएका जिम्मेवारीहरु बाडफाँड भए अनसुार समयमै पुरा गर्ने।