परिचय

प्राकृतिक तथा कृत्रिम जलाशयहरुमा नियन्त्रित अवस्थामा माछा पालन गरि उत्पादन गर्ने तरिकालाई माछा पालन भनिन्छ । नेपालमा माछा पालन दशकौं पहिले देखि गरिएता पनि व्यवसायिक रुपमा भने केहि वर्ष अगाडि देखि मात्र गर्न थालिएको हो । नेपालमा आधनुिक तरिकाले मत्स्य पालनको सुरुवात करिव २००४ साल वाट भएको मानिन्छ । तर यहांका नदीनाला र ताल तलैयामा माछा समात्ने र मत्स्य विनोद गर्ने कार्य भने आदिमकाल देखि नै प्रचलित रहेको कुरा विभिन्न उत्खननहरुमा पढ्न पाईन्छ।२००७ साल भन्दा पहिला तत्कालिन श्री ५ रण बहादरु शाहको शासन कालमा बालाजमुा २२ धारा बनाई माथिल्लो भागमा एउटा पोखरी निर्माण गरी शहर, कत्ले जस्ता स्थानिय माछाको पालन शरु गरीएको थियो।२००३ सालमा कृषि परिषद मार्फत मत्स्य शाखाको स्थापना गर्नुका साथै बालाजु र त्रिपुरेश्वर स्थित सानो टंुडीखेलका स-साना पोखरीहरु मत्स्य पालनको लागी छुट्टयाईएको थियो । सँघिय कार्यालयको रुपमा रहेको यो केन्द्र रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा देखि उत्तर सिद्धार्थ राजमार्गको भैरहवा-बटवल सडक खण्डको भैरहवा देखि ५ कि.मी. उत्तर ओमसतिया गाउंपालिकाको वडा न. १ ठुटीपिपलमा बाटोको पुर्ब र पश्चिम तर्फ गरी २३ हे. क्षेत्रफलमा फैलिएको छ । मत्स्य विकास कार्यलाई गति दिने उद्देश्यले २००४ सालमा भारतको मोतिहारीवाट ईन्डियन मेजर कार्पका ५०० गोटा जिउंदो माछाका भराुहरु आयात गरी काठमाण्डौको सानो टंुडिखेलको पोखरीमा छोडी आधनुिक मत्स्य पालनको सुरुवात गरीएको थियो।२०१३ सालमा भारतको उटीवाट पुरै जीउ कत्लाले ढाकेको जर्मनकार्प जातको कमन कार्पको भुरा ६०० गोटा काठमाण्डौमा ल्याई बालाजको सानो पोखरीमा पाल्ने काम भएको थियो भने आ.व. २०१६/०१७ सालमा ईजरायली जातको कमन कार्प ईजरायल वाट मत्स्य विकास केन्द्र गोदावरी र परवानीपरुमा ल्याई अध्ययन गर्दा दवुै कार्प जातको राम्रो वृद्बि तथा सफल प्रजनन भएको थियो। जलीय जीवहरुको संरक्षण गर्ने उद्देश्का साथ २०१७ सालमा जलचर संरक्षण ऐन तर्जुमा गरीएको थियो। प्रति इकाई क्षेत्रफल जलाशयवाट उत्पादनमा वृद्धि ल्याउन २०२३ सालमा भारतवाट ग्रास कार्प र २०२५ सालमा जापानवाट सिल्भरकार्प जातका माछाहरु आयात गरिएको थियो ।

 

उद्देश्य

१. शुद्ध मत्स्य नश्लको फ्युचर ब्रुड ट्यागीङ गरी सरकारी/निजी स्तरका ह्याचरी/ नर्सरीकर्ताहरुलाई उपलब्ध गराउने । २. मत्स्य विज उत्पादन तथा वितरण (ह्याचलिङ्ग र फिं गरलिङ्ग) गर्ने । ३. जनचेतना अभिवृद्धि गर्ने। ४. शुद्ध  नश्लको मत्स्य विज उत्पादन, ट्याग गरिएका फ्युचर व्रुड तथा माउ व्यवस्थापन सम्वन्धि तालिम प्रदान गर्ने । ५. प्राविधिक सेवा-टेवा दिने (उत्पादनकर्ता, ह्याचरीकर्ता, नर्सरीकर्ता)। ६. पिट ट्याग गरि वितरण गरिएका फ्युचर व्रुडहरुको पालन-पोषण तथा व्यवस्थापन सम्वन्धि अनुगम न गर्ने ।

  • १. शुद्ध मत्स्य नश्लको फ्युचर ब्रुड ट्यागीङ गरी सरकारी/निजी स्तरका ह्याचरी/ नर्सरीकर्ताहरुलाई उपलब्ध गराउने ।
  • २. मत्स्य विज उत्पादन तथा वितरण (ह्याचलिङ्ग र फिं गरलिङ्ग) गर्ने ।
  • ३. जनचेतना अभिवृद्धि गर्ने।
  • ४. शुद्ध नश्लको मत्स्य विज उत्पादन, ट्याग गरिएका फ्युचर व्रुड तथा माउ व्यवस्थापन सम्वन्धि तालिम प्रदान गर्ने ।
  • ५. प्राविधिक सेवा-टेवा दिने (उत्पादनकर्ता, ह्याचरीकर्ता, नर्सरीकर्ता)।
  • ६. पिट ट्याग गरि वितरण गरिएका फ्युचर व्रुडहरुको पालन-पोषण तथा व्यवस्थापन सम्वन्धि अनुगम न गर्ने ।
  • योजना